१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


भू–स्वर्ग बडिमालिका जात्रा सुरू : पुग्नेलाई सधैं स्मरण, नपुग्नेलाई पश्चाताप


169
Shares

बाजुरा । धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्त मनोरम देवभूमि बडिमालिका तीर्थाटन मेला साउन शुक्ल प्रतिपदादेखि सुरू भएको हो ।

दिपायल दिल्पेश्वरबाट धानका भ्रुणी तथा पूजा सामग्री पेटारो बोकेर डोटी गौंणाको (जिल्ला) सरकारी पूजा टोलीले गत शुक्रबारदेखि बडिमालिका यात्रा सुरू गरेको हो ।

उक्त टोलीले पन्ध्र दिनअगाडि नै बडीमालिका पूजाका लागि डोटीबाट हिँड्नुपर्ने धार्मिक परम्परा छ ।

‘सरकारी पूजा टोलीलाई नेपाली सेनाले (गोर्खाली) डोटीको टुँडिखेलमा २९ तोपको सलामी दिएर बडीमालिका पूजा गर्न पठाउने पम्परागत बौद्धिक विधिअनुसार नै शुक्रबारदेखि गोर्खाली टोलीले यात्रा तय गरेका हुन्,’ बडीमालिकाका मुख्य पुजारी नेत्रराज पाध्यायले बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।