२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


उड्यो सपना, उडेन जहाज


650
Shares

इलाम । सुकिलुम्बा विमानस्थल निमार्ण इलामवासीको वर्षाैं अघिदेखिको सपना थियो । निमार्ण कार्यले गति लिएर कहिले सम्पन्न हुन्छ भन्ने पखाईमा बसेका जिल्लावासीको ठूलो सपना नै थियो यो विमानस्थल ।

निर्माण कार्य त पुरा भयो तर जहाज नउडेपछि आफ्नै सपना उडेको छ यतिबेला जिल्लावासीको ।

यहाँको विमानस्थल निर्माण कार्य त पूरा भयो तर नियमित उडान नहुँदा जिल्लावासी चिन्तित बनेका छन् । इलामको इलाम नगरपालिका-९ स्थित सुकिलुम्बा बिमानस्थलमा दुई महिनायता उडान बन्द भएको छ ।

करिब तीन महिना उडानपछि उडान बन्द भएको हो । गएको जेठ ६ गतेबाट नभएको उडान हालसम्म हुन सकेको छैन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।