नेपाली बैंकले चीनमा जिते डेढ अर्बको मुद्दा « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


नेपाली बैंकले चीनमा जिते डेढ अर्बको मुद्दा


1.248k
Shares

काठमाडौं । अन्तत: १० वर्षपछि हिमालयन बैंक तथा बैंक अफ काठमाण्डू (बिओके ) ले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टीबापतको अग्रिम भुक्तानीको मुद्दा जितेका छन् ।

लामो कानुनी लडाईपछि मुद्दा जितेको तथा अब नेपाली बैंकले आफ्नो पैसा फिर्ता पाउने कुरामा ढुक्क भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए ।

‘सायद १० दिनभित्रमा जमानत रकम फिर्ता हुन्छ होला’, राणाले भने ।

यो फैसलासँगै दुवै बैंकले काउन्टर ग्यारेन्टीबापत मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको जमानत रकम फिर्ता पाउने भएका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।