Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


मन्त्री शर्मासँग काम गर्न सचिव मरासिनी अनिच्छुक


1.2k
Shares

काठमाडौं । जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको खोजी सुरु भएको छ ।

केही अनुभवी र सिनियर सचिव भने अर्थमन्त्री शर्मासँग काम गर्न अनिच्छुक देखिएकाले त्यसका लागि खासै दौडधुप गरेका छैनन् । निजामती क्षेत्रमा अर्थसचिव सबैभन्दा आकर्षकमध्येको पद हो ।

अर्थमन्त्री शर्माले बजेटमा करको दर हेरफेर गर्न गैरकानुनी व्यक्तिलाई संलग्न गराएको आरोप लागेसँगै अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री शर्माले पदबाट राजीनामा नदिएसम्म आफू मन्त्रालय नफर्किने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएर बिदामा बसेका थिए ।

अर्थसचिव मरासिनी अर्थमन्त्री शर्मासँग काम गर्न अनिच्छुक देखिएपछि सरकारले नयाँ अर्थ सचिवको खोजी गरेको हो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।