 
	    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र मन्त्रालयका सचिवहरुलाई सरकारको काम प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
मंगलबार सिंहदरवारमा आयोजित मन्त्री र सचिवहरुको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले सरकारका कार्यक्रम र बजेट कार्यान्वयन लगायतका विषय प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।
बैठकमा सरकारको एक वर्षको कार्यकालमा भएका कामकारबाहीको समीक्षा समेत भएको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले सरकारी कार्यक्रमको कार्यान्वयनको स्थिति के कस्तो रहेको छ भन्ने बारेमा पनि सम्बन्धित मन्त्री र सचिवसँग जानकारी लिनुभएको थियो ।
प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरुलाई जनताको अपेक्षा अनुसार प्रभावकारी काम गर्न पनि निर्देशन दिनुभएको छ ।
वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको प्रभावकारी कार्यसम्पादन गर्ने सम्वन्धमा मन्त्री र सचिवहरूलाइ प्रधानमन्त्री देउवाले निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परियारले जानकारी दिनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्