
डडेल्धुरा, भदौ १ । डडेल्धुराको पर्शुराम नगरपालिका–६ छेलास्थित महाकाली नदीमा डुबेर आज एक महिला बेपत्ता भएकी छिन् ।
स्थानीय २९ वर्षीया कविता दमाई नदीमा डुबेर बेपत्ता भएकी हुन् । बिहान साढे ८ बजे छेलास्थित खैयाडिड भन्ने स्थानबाट माटो लिएर घर फर्किने क्रममा लडेर उनी नदीमा डुबेकी हुन् ।
बेपत्ता उनको स्थानीयवासीको सहयोगमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्