Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


अल कायदाका नेता आयमन अल जवाहिरीकाे मृत्यु


416
Shares

काठमाडौं । आतंकवादी संगठन अलकायदाका नेता आयमन अल जवाहिरीकाे अमेरिकी कारबाहीमा मृत्यु भएकाे छ ।

अमेरिकाले अफगानिस्तानमा गरेको आतंकवाद विरोधी कारबाहीमा जवाहिरीको मृत्यु भएकाे अमेरिकाका राष्ट्रपति जो बाइडेनले पुष्टि गर्नुभएको हाे। अफगानिस्तानको राजधानी काबुलको एउटा सेफ हाउसमा अमेरिकी गुप्तचर संस्था सि.आइ.ए.ले गरेको ड्रोन हमलामा अलकायदाका सर्वोच्च नेता जवाहिरीकाे मृत्यु भएकाे हाे ।

सन् २०११ मा ओसामा बिन लादेनका मृत्यु भएपछि जवाहिरीले अलकायदाको जिम्मेवारी सम्हाल्दै आएका थिए । जवाहिरी संयुक्त राज्य अमेरिकामा सन् २००९ सेप्टेम्बर ११ मा भएको हमलाको मास्टर माइन्ड समेत भएका थिए ।

बिन लादेनको दाहिने हात र अलकायदाका प्रमुख बिचारकको रुपमा परिचित जवाहिरीलाई अमेरिकाले मोस्ट वान्टेड सूचीमा राखेको थियो । जवाहिरीको मृत्युले अमेरिकाले ठूलो उपलब्धि हासिल गरेको विश्लेषण गरिएको छ ।