सन् २०२६ को विश्वकप र एसियन कप फुटलब छनौटको नयाँ ढाँचा सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


सन् २०२६ को विश्वकप र एसियन कप फुटलब छनौटको नयाँ ढाँचा सार्वजनिक

'नेपालले प्ले–अफबाटै खेल्नुपर्ने'

338
Shares

काठमाडौं । सन् २०२६ को फिफा विश्वकपका लागि नेपालले एसियाली छनोटमा पहिलो चरणबाटै खेल्नुपर्ने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप र एसियन कप फुटबलका लागि छनोटको नयाँ ढाँचा जारी गरेपछि नेपालले प्लेअफ चरणबाटै खेल्नुपर्ने भएको हो ।

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने २०२६ को विश्वकपमा ४८ टोलीको सहभागिता रहनेछ । जसमा एसियाबाट ८ टोली विश्वकपमा छनोट हुनेछन् । एक टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्नुपर्नेछ । प्ले अफबाट विश्वकपमा छनोट भए एसियाबाट ९ टोलीले विश्वकप खेल्नेछ ।

यसअघि एसियालाई विश्वकपमा चार स्थान तय थियो । नयाँ ढाँचा अनुसार विश्वकपमा छनोट हुन पहिलो चरणमा एसियाका २६ देखि ४७ औं वरीयतासम्मका टिमले खेल्नेछन् । यो छनोट चरणमा नेपाल रहनेछ । पछिल्लो वरीयतामा नेपाल एसियाको ३६ औं स्थानमा रहेको छ ।

यसपटक पहिलो चरणको प्लेअफ होम एण्ड अवेको आधारमा हुनेछ । पहिलो चरणबाट ११ विजेता टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।