Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


हैरानमा कामपा : घरको जगदेखि पुनर्निर्माण नगरे फोहोर रोक्ने चेतावनी


5.8k
Shares

काठमाडौं । घरको जगदेखि पुनर्निर्माण गनुपर्ने माग गर्दै सिसडोलका पीडितले काठमाडौं महानगरपालिकामा पत्र पठाएका छन् ।

सिसडोलस्थित ककनी गाउँपालिका-१ कोल्पु निवासी टंकनाथ न्यौपानेले बाटो निर्माण गर्ने क्रममा नाली थुनिएर घरभित्र पानी पसेर बस्नै नसक्ने भएपछि कामपालाई पत्र पठाउनुभएको हो ।

पत्रमा भनिएको छ- ‘फोहोर विसर्जन जाने बाटो नबनाएका कारण नाली पुरिएर घरभित्र भेल पानी पसेर घर लड्ने अवस्थामा पुगेको र त्यस घरलाई भत्किनबाट रोक्न त्यसठाउँमा अनुगमन गरी तत्काल क्षतिपूर्ति दिन माग गर्दै अन्यथा क्षतिपूर्ति नदिए फोहोर ढुवानीका साधन रोक्न बाध्य हुनेछौं ।’

केही दिनदेखि बाटोको पानी खेतमा पसेर बाली सखाप पारेको भन्दै तारकेश्वरका स्थानीयले क्षतिपुर्ति मागेका थिए । यस्ता क्षतिपूर्ति माग्ने दर्जनौं स्थानीयको माग पुरा गर्दागर्दै कामपाले लाखौं खर्चने गरेको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।