काठमाडौं । एक महिनाको अवधिमा इन्डियन आयल कर्पेरिसन (आईओसी) बाट प्रतिलिटर पेट्रोलमा ३२ रूपैयाँ ५६ पैसा घटेर आएको छ ।
आईओसीबाट भाउ बढेर आउँदा स्वचालित मूल्य प्रणालीका नाममा तत्काल भाउ बढाउने नेपाल आयल निगम भने पछिल्लो एक महिनामा लगातार दुईपल्ट भाउ घटेर पनि स्वचालित मूल्य प्रणालीको उच्चारण गर्न पनि चाहँदैन ।
आईओसीले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको यो दोस्रो पटक हो । प्रत्येक अंग्रेजी महिनाको पहिलो तथा पन्ध्रौं तारिखमा आईओसीले इन्धनको नयाँ मूल्य पठाउँछ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि यसपटक १६ जुलाई तथा १ अगस्ट गरेर दुई पटक आईओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्