Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


पोखरामा १५ घण्टामा २४९ मिलिमिटर वर्षा


273
Shares

पोखरा । पोखरामा झन्डै १५ घण्टाको अवधिमा २४९ मिलिमिटर वर्षा भएको छ ।

आइतबार बेलुकी ६ बजेदेखि सुरु भएको पानी सोमबार बिहान ९ बजेसम्म निरन्तर पर्दा २४९ मिलिमिटर रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग पोखराका मौसम सहायक सरोज अधिकारीका अनुसार पोखरा विमानस्थलको रेकर्डमा १५ घण्टाको अवधिमा २४९ मिलिमिटर वर्षा भएको छ ।

पोखरा विमानस्थलबाहेक लामापाटन, लामाचौर र मालेपाटनमा पनि वर्षाको रेकर्ड गरिन्छ । लामापाटनको रेकर्डमा भने यो अवधिमा ३३४ मिलिमिटर वर्षा भएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।