Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सात महिनामा दुई लाख ८२ हजार पर्यटक


234
Shares

काठमाडौं । सन् २०२२ को सातौं महिना जुलाईमा ४४ हजार ४ सय ६२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या हवाई मार्ग हुदैँ आउने पर्यटकको हो । अघिल्लो महिना जुनमा ४६ हजार ९ सय ५७ पर्यटक आएका थिए ।

अध्यागमन विभागका अनुसार सन् २०२२ को ७ महिनामा २ लाख ८२ हजार २ सय ७५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । अप्रिल र मे महिनाको तुलनामा जुन र जुलाईमा पर्यटक आगमन दर भने घटेको छ ।

अप्रिलमा ५८ हजार २ सय ४८ , मेमा ५३ हजार ६ सय ८, जुनमा ४६ हजार ९ सय ५७ र जुलाईमा ४४ हजार ४ सय ६२ पर्यटक नेपाल आएका छन् ।

अफ सिजनमा पनि पर्यटक आगमनदरमा क्रमश: वृद्धि हुँदै जानु सकारात्मक भएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।