भारतमा मंकिपक्सबाट पहिलोपटक एक जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


भारतमा मंकिपक्सबाट पहिलोपटक एक जनाको मृत्यु


403
Shares

काठमाडौं । भारतको दक्षिणी राज्य केरलामा मंकीपक्स संक्रमणबाट पहिलो पटक एक युवकको मृत्यु भएको छ ।

हालै संयुक्त अरब इमिरेट्सबाट यात्रा गरेका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो । उनको मृत्युपछि परीक्षण गरिएको नमूनामा भाइरस भेटिएको केरलका स्वास्थ्यमन्त्री वीणा जर्जले जानकारी दिनुभएको हो ।

ती व्यक्तिका सम्पर्कमा आएका बीस जनालाई ‘उच्च जोखिम’ को रूपमा वर्गीकृत गरिएको छ भने चिकित्सकको निगरानीमा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केरलामा भाइरस संक्रमणबाट मानिसको मृत्यु भएपछि राज्य सरकारले उनका मेडिकल रिपोर्ट चेकजाँच गर्न उच्चस्तरीय समिति गठन गरेको जनाइएको छ ।

विश्वका विभिन्न देशमा मंकीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गत महिना मङकीपक्स भारइरसको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।