२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


प्राधिकरणको लापरवाहीले विद्युतीय दुर्घटनाको जोखिम


0
Shares

धादिङ, भदौ १ । विद्युत प्राधिकरण धादिङको लापरबाहीका कारण नगरपालिका क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

रुखका हाँगा बढेर तार छुनै लाग्दा पनि प्राधिकरणले चासो नदेखाउँदा विद्युतीय दुर्घटनाको जोखिम बढेको हो ।

ठाउँठाउँमा राखिएका ट्रन्सफर्मरबाट नाङ्गो तार जथाभावी अलपत्र छाडेको स्थानीयको गुनासो छ । स्थानीयले पटक पटक विद्युत प्राधिकरणलाई तारलाई छोएका रुखका हाँगा काट्न र ट्रान्सफर्मरका नाङ्गो तारको व्यवस्थापन गर्न आग्रह गर्दा पनि बेवास्ता भइरहेको बताएका छन् ।

धादिङ जिल्लामा गत आर्थिक वर्षमा करेन्ट लागेर १० जनाभन्दा बढीको मृत्यु भएको थियो ।