फिलिपिन्सका पूर्वराष्ट्रपति फिडेल रामोसको निधन « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


फिलिपिन्सका पूर्वराष्ट्रपति फिडेल रामोसको निधन


169
Shares

काठमाडौं । फिलिपिन्सका पूर्वराष्ट्रपति फिडेल रामोसको ९४ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

स्टेडी एडी नामले परिचित रामोस सन् १९९२ देखि सन् १९९८ सम्म ६ वर्षका लागि फिलिपिन्समा राष्ट्रपति बन्नुभएको थियो। पदमा रहँदा सादा जीवनका लागि पनि उहाँ परिचित हुनुहुथ्यो ।

सैन्य जनरल रहेकै बेला सन् १९८६ मा उहाँले मार्कोसको तानाशाहीविरूद्धको संघर्षमा साथ दिनुभएको थियो । उहाँको राष्ट्रपतिय कार्यकालमा फिलिपिन्सले उच्च आर्थिक प्रगति समेत गरेको थियो ।