२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


खोलाले बगाएर दुईजनाको मृत्यु, एकजना बेपत्ता


0
Shares

चौतारा, भदौ १ । खोलाले बगाएर सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ ।

खोला तर्ने क्रममा खोलाले बगाएर दुई जनाको मृत्यु भएको हो भने ट्रिपरसहित खोलामा खसेका चालक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको मेलम्ची नगरपालिकामा सिन्धु खोलाले बगाउँदा सोही नगरपालिका वडा नं  १२ का ५५ वर्षीय लक्ष्मीबहादुर माझीको मृत्यु भएको हो । घटनाको करिब नौ घण्टापछि भीमटारस्थित इन्द्रावती नदीमा माझीलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिमलराज कँडेलले बताए ।

उता, बाह्रबीसे नगरपालिकाको जम्बुमा भोटेकोशी नदीले बगाएर वडा नं ५ गातिका २८ वर्षीय निमाछिरिङ तामाङको मृत्यु भएको छ ।

बुधबार ट्रिपरसहित नदीमा बेपत्ता भएका ट्रिपर चालक साङ लामा अझै फेला पर्न सकेका छैनन् ।

जुगल गाउँपालिकामा निर्माणाधीन बलेफी खोला–ए जलविद्युत आयोजनामा कार्यरत उनी सुरुङबाट निक्लिएको ढुंगामाटो फाल्ने क्रममा ट्रिपरसहित चिप्लिएर नदीमा खसेका थिए ।