Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


अर्थ मन्त्रालय जनार्दन शर्माको दोस्रो इनिङ


78
Shares

काठमाडौं । उच्च आयातका कारण उनी आफैँले ल्याएको गत आर्थिक वर्षको बजेट भन्दा बढी व्यापार घाटा, शोधनान्तरस्थिति अझैं असहज, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कायमै, बजारमा लगानी योग्य तरलता अभाव तथा निजी क्षेत्रको शंकाकाबीच विवादमा परेर राजीनामा दिएको २५ दिनपछि जनार्दन शर्माले पुन: अर्थमन्त्रायको कार्यभार सम्हालेका छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् । संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका शमाले पुन: अर्थ मन्त्रालयको जिम्वेवारी सम्हाल्दै गर्दा उनले अर्थतन्त्रमा कुनै चमत्कार गर्लान भन्ने आशा नरहेको अर्थविद्हरू बताउछन् ।

गत आर्थिक वर्षमा प्रतिस्थापन विधेयकमार्फत आफैंले ल्याएकाे बजेटको राजस्व संकलदेखि खर्चसम्म कुनै पनि लक्ष्य भेट्न असफल अर्थमन्त्रीले आइतबार पदभार ग्रहणपछि बोल्दै विश्व अर्थतन्त्रमा समस्या देखिएकोले मुलुकको अर्थतन्त्र सबलिकरण गर्ने आवश्यकता रहेको बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।