Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


ईयूले हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने


754
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवराम श्रेष्ठले युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालोसूचीबाट हटाउने बताएका छन् ।

आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई युरोपियन युनियनले कालोसूचीबाट हटाउने बताएका हुन् ।

उनले आईकाओले गरेको अडिट अनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको बताए । उनले सम्बन्धीत पक्षले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछौ भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालोसूचीबाट हट्ने बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।