Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


‘खल्ती’ र राष्ट्रिय बीमा संस्थान बीच बीमा प्रिमियम भुक्तानी सम्बन्धि सहकार्य


325
Shares

काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थानसँग सहकार्य गर्ने संझौता गरेको छ ।

खल्ती सँगको यस सहकार्य स्वरूप उपभोक्ताहरूले अब खल्ती मार्फत राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम तिर्न सक्नेछन् ।
उपभोक्ताले बीमा तिर्न खल्ती एपको प्रयोग गरेर राष्ट्रिय बीमा संस्थान छनौट गर्नुपर्नेछ । त्यसपछि मागिएको विवरण भरि प्रिमियम भुक्तानी प्रकृयालाई पूरा गर्न सकिनेछ ।

यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले “राष्ट्रिय बीमा संस्थानको भुक्तानी सुविधा खल्तीमा समेट्नु खलतीका लागि एक प्रभावकारी उपलब्धि भएको बताउनुभयो । उहाँले यो सहकार्यबाट प्रयोगकर्ताहरूलाई पूर्ण रूपमा फाईदा हुने साथै बिमा शुल्क सङ्कलन अझै सरल र प्रभावकारी बन्ने कुरामा आफूहरु विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

प्रयोगकर्ताले ५ हजार माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ । नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गरेको छ । खल्ती डिजिटल वालेटले बिजुली, मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बीमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि यी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।