काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा वाणिज्य बैंक परेका छन् ।
निजी क्षेत्रबाट सञ्चालित एनआईसी एशिया बैंक , नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक तथा पूर्ण सरकारी स्वामित्वको राष्ट्रि वाणिज्य बैंक गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने १० कम्पनीमध्ये पाँच हुन् ।
तत्कालीन अवस्थामा साविक मूल्य अभिवृद्धि कर विभागमा वार्षिक ५ करोडभन्दा बढी करयोग्य कारोबार गर्ने करदाताको कर परिक्षण हुने व्यवस्था गरिएको थियो । विभाग एकीकरण भएपछि १० करोडभन्दा बढी कारोबार हुने करदाताको कर परिक्षण विभागबाटै हुने प्रबन्ध मिलाइयो भने २०६० माघ १ गतेदेखि ठूला करदाता कार्यालय स्थापना गरिएको थियो ।
ठूला करदाता कार्यालय अन्तर्गत वार्षिक १ अर्बभन्दा बढी करयोग्य कारोबार गर्ने करदाता पर्दछन् ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्