काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार मन्त्रीको सचिवालयका कर्मचारीले सरूवामा मोलमोलाई गर्दै आर्थिक संकलन थालेको आधार भेटिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।
सामान्यको सरूवामा लाखौं चलखेल शीर्षकमा शुक्रबार राजधानी दैनिकले समाचार प्रकाशित गरेपछि यस विषयलाई अख्तियारले गम्भीर चासो दिँदै छानबिन गर्ने भएको हो ।
सामान्यमा कर्मचारी सरुवा गर्दा कतिपयको सूची बाहिर होटलमा नै बन्ने गरेको र पैसा लेनदेन भएको भन्दै कर्मचारीले नै गुनासो पोख्दै आएका छन् ।
पत्रिकामा प्रकाशित समाचार तथा चलखेल भएका गुनासा अख्तियारले त्यसैलाई आधार मानी सरूवाका सम्बन्धमा छानबिन थालेको हो ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्