Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


एकीकृत कारोबार नहुँदासम्म सेयर किनबेच नहुने नीति हट्ने


169
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजेसनमा जाने वित्तीय संस्थाको सेयर किनबेच एकीकृत कारोबार नहुँदासम्म नहुने नीति हट्ने दोहोर्‍याएको छ ।

बोर्डका अध्ययक्ष रमेशकुमार हमालले बिहीबार आर्थिक वर्ष २०७९/०८० को बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै १० दिनभित्रमा मर्जर तथा प्रप्तिसम्बन्धी निर्देशिका जारी गर्ने र २० दिनमा कार्यान्वयन गर्ने जानकारी पनि दिए ।

गत शुक्रबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मर्जर प्राप्तिको समयमा सेयर कारोबार रोक्का गर्ने काम अबदेखि धितोपत्र बोर्डका नियमअनुसार हुने जनाएको थियो ।

बोर्डले सेयर लगानिकर्तालाई क्षतिबाट बचाउँनको लागि क्षतिपूर्ति कोष सञ्चालमा गर्ने पनि जनाएको छ । कार्यक्रममा बोल्दै हमलाले क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउन चालू आर्थिक वर्षभित्रै कानुनी आधार तयार पार्ने बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।