२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


नयाँ मुलुकी ऐनबारे सर्वसाधारण के भन्छन् ? (भिडियोसहित)


0
Shares

गृष्मा राजभण्डारी/नवीन स्थापित (इमेज)

काठमाडौं, साउन ३१ । भदौ १ गतेदेखि लागू हुने मुलुकी संहिता ऐनप्रति जनसाधारणको पनि चासो बढेको छ ।

जंगबहादुर राणाको पालामा अर्थात् वि.सं. १९१० मा बनेको मुलुकी ऐनले अब विश्राम लिएको छ । सो मुुलुकी ऐन परिमार्जन गरी नयाँ मुलुकी संहिता ऐन भदौ १ गतेदेखि लागू हुँदैछ ।

जसअन्तर्गत् मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता ऐन, मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी ऐन र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन लागू गरिएको छ ।

यी नयाँ संहिता ऐन लागू गर्न २०६२ सालदेखि गृहकार्य भइरहेकामा जब लागू हुने दिन नजिकियो, अधिकांश नेपालीको चासोको विषय बन्न पुग्यो ।

नयाँ संहिताकाबारेमा केही हदसम्म जानकारी भएतापनि कानुन बनाउनेहरुले नयाँ कानुनलाई बेलैमा छलफलमा ल्याउनुको सट्टा थन्काएर राखेको गुनासो सर्वसाधारणले गरेका छन् ।

दिनदिनैका घर, व्यवहारदेखि ठूल्ठूला आपराधिक क्रियाकलापसम्मलाई सम्बोधन गर्ने कानुन कस्तो बन्ने भो भन्नेबारे धेरैको चासो रहनु स्वाभाविकै पनि हो ।

नयाँ ऐनका फरक–फरक परिच्छेदमा जरिवाना र सजायकाबारेमा व्याख्या गरिएता पनि व्यक्तिहरुले खासखास विषयमामात्रै चासो राखेको पाइन्छ ।

वैदेशिक रोजगारीका लागि मुलुकबाहिर जानका लागि कागजमा विवाह दर्ता गराएर जाने युवाहरु भने मारमा पर्ने धारणा एक युवाको छ ।

नयाँ कानुनमा विशेषगरी पत्रकार र चिकित्सा क्षेत्रसँग सम्बन्धित विषयमा पनि केहीले विरोध गरेका छन् ।

त्यसो त भदौ १ गतेदेखि नयाँ कानुन लागू हुँदैछ । तर, त्यसमा के–के समावेश गरिएका छन् ? भन्नेबारे अनभिज्ञता प्रकट गर्नेहरुको कमी पनि छैन ।

भिडियो हेर्नुहोस्