२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


फिक्कल गाउँपालिकामा विकास निर्माणका कामकाे सार्वजनिक सुनुवाई कार्यक्रम सुरु


65
Shares

सिन्धुली । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाले जनप्रतिनिधि र आम नागरिकबीचकोे प्रत्यक्ष सवाल जवाफ कार्यक्रम सुरु गरेकाे छ ।

साेही कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा पालिकाबाट भएका वस्तु तथा सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ। फिक्कल गाउँपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम फिक्कलबासीहरुले विभिन्न समस्याहरुका सवालमा आ–आफ्ना समस्याहरु व्यक्त गरेका थिए ।

सोही अवसरमा फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले स्थानीय सरकार संचालन गर्दा स्थानीय राजनीतिक दल, संघ संस्था स्थानीयबासी सबैको सल्लाह र सुझाव अनुसार संचालन भइरहेको बताउनुभयाे । उहाँले विभिन्न कार्यक्रमहरु सञ्चालनका क्रममा केही कमी कमजोरी भए सच्याएर अगाडि बढ्ने बताउनुभयो ।

सार्वजनिक कार्यक्रममा स्थानीयले उठाएका विभिन्न जिज्ञासाहरूका सवालमा पालिकाको तर्फबाट धारणा राख्दै उपाध्यक्ष राजु बरालले गाउँपालिका सरकार नीति र विधि अनुसार अगाडि बढ्ने बताउनुभयाे । उहाँले पालिकामा हुने गरेको हरेक विकास निर्माणका क्रियाकलाप लगायतका गतिविधिहरुमा स्थानीयले चासो र जिज्ञासा राख्दा गाउँपालिकालाई कार्य सम्पादन गर्न सहज हुने बताउनुभयो ।

कार्यक्रममा विभिन्न राजनैतिक दलहरुका प्रतिनिधिहरुले पालिकाले गरेका हरेक कामहरू पारदर्शी हुनुपर्ने बताएका थिए । उनीहरुले बजेट विनियोजन र वितरण प्रक्रियाका सवालमा सरोकार राखेका थिए ।