Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


एसइई परीक्षाको नतिजा आज प्रकाशित हुँदै


1.1k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज बुधबार प्रकाशन गर्ने भएको छ ।

मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक बिषय वस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पुरा गरेको हो ।

बोर्डका अनुसार बैशाख ९ गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षामा देशभरिबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थी सहभागि भएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले विद्यालय तहको कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरु अब पास हनु प्रत्येक बिषयमा ३५ नम्बर अनिवार्य ल्याउनु पर्नेछ ।

नयाँ ब्यबस्था अनुसार विद्यार्थीहरुले अनिवार्य ३५ अंक र ब्यबहारिकमा ४० अंक ल्याए मात्र मुल प्रमाणपत्र पाउने ब्यबस्था गरिएको छ । यस्तै, दुई विषय भन्दा बढी विषयमा ३५ अंक भन्दा कम अंक प्राप्त गरे वा ग्रेड बृद्धि परीक्षामा ३५ अंक प्राप्त गर्न नसक्ने विद्यार्थीले पुनः सबै बिषयको परीक्षा दिनुपर्ने छ ।

कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रूपमा परीक्षा केन्द्रमा नै उपस्थित भएर परीक्षा दिएका हुन् ।

Skip This