काठमाडौं । यसअघिका निर्वाचनमा प्रतिमतदाता ५ सय रुपैयाँको हाराहारीमा खर्च भएकोमा स्थानीय तह निर्वाचन २०७९ मा एक मतदाताबराबर २ सय ८४ रुपैयाँमात्र खर्च भएको छ ।
निर्वाचन आयोगले गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७२३ रहेको र जम्मा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको मंगलबार जनाएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरी स्थानीय तहको निर्वाचनको जानकारी दिँदै आयोगले यसअघि भएका निर्वाचनका तुलनामा निकै मितव्ययी खर्च भएको दाबी पनि गरेको छ ।
निर्वाचनमा प्रतिमतदान केन्द्र खर्च २ लाख २९ हजार ५७८ भएको हुनाले स्थानीय तह सदस्य निर्वाचन २०७९ पछिल्ला निर्वाचनहरुको तुलनामा सबैभन्दा मितव्ययी निर्वाचन हुन गएको आयोगको भनाई छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्