
फाइल तस्विर
काठमाडौं । गृह मन्त्रालाय मातहतका तीन वटा सुरक्षा अंगमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाट हाबी भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा पूर्ण रूपमा हाबी हुँदा सरुवा बढुवामा असर परेको छ । राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत भएकाले त्यहाँ बालुवाटारको प्रत्यक्ष हस्तक्षेप रहन्छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीका डिआइजी बढुवादेखि डिएसपी बढुवासम्म बालुवाटारबाट बनेको सूचीलाई गृहमन्त्रालयले सदर गर्ने र मानव हस्ताक्षर गरेर प्रकाशन गरेका छन् । जसले गर्दा दुवै संगठनको बढुवामा उथलपुथल देखिएको छ ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्