प्रेस युनियन पदाधिकारमा कसले कति मत प्राप्त गरे « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


प्रेस युनियन पदाधिकारमा कसले कति मत प्राप्त गरे


546
Shares

काठमाडौं । हेटौंडामा साउन ६ र ७ गते सम्पन्न नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । ८ वर्षपछि सम्पन्न भएको महाधिवेशनले कार्यसमितिको अध्यक्ष पदमा शिव लम्साल ७ सय ४५ मत ल्याएर निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी अनिता विन्दुले ६ सय १२ मत प्राप्त गरिन् । अर्का अध्यक्षका उम्मेदवार भुवन भट्टले १९ मत ल्याए । वरिष्ठ उपाध्यक्षमा प्रेम केसीले ६८५ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी सरोज अधिकारीले ६ सय ६५ मत प्राप्त गरे ।

यसैगरी खुला दुई उपाध्यक्षमा नकुल अर्यालले ७ सय ७५ मत प्राप्त गरे भने भीष्मराज ओझा ६ सय ४० मत प्राप्त गरी विजयी भए । उनीहरुका निकटम प्रतिद्वन्द्वी राममणि दाहालले ५ सय ९५ र शेखर रेग्मीले ३ सय ९५ मत पाए । महिला उपाध्यक्षमा सलोजा दाहाल ७ सय २० मत ल्याएर निर्वाचित भइन । उनका निकटम प्रतिद्वन्द्वी कल्पना शर्माले ६ सय १९ मत पाइन् ।समावेशी उपाध्यक्षमा दिपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका थिए भने प्रदेश १ को उपाध्यक्षमा डिल्लीराम खतिवडाले ५ सय ६० मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वीहरु हेमराज दाहालले ४ सय २९ मत र लबदेव ढुंगानाले २ सय ९० मत प्राप्त गरे ।

मधेश प्रदेशबाट उपाध्यक्षमा अनिल कर्ण ६ सय ४८ मत प्राप्त गरी विजयी भए । अर्का उम्मेदवार रोशनकुमार न्यौपानेले ६ सय २३ मत प्राप्त गरे । यस्तै बागमित प्रदेशको उपाध्यक्षमा डा। मुरारी अधिकारीले ६ सय ७१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी गिरिजाप्रसाद अधिकारीले ६ सय ४७ मत मात्र प्राप्त गर्न सके । गण्डकी प्रदेश उपाध्यक्षमा ऋषिकान्त पौडेल ६ सय ७३ मत प्राप्त गरी विजयी भए । अर्का उम्मेदवार ओमकार आचार्यले ६ सय १ मत प्राप्त गरे । यस्तै लुम्बिनी उपाध्यक्षमा माधवप्रसाद अर्याल ७ सय १ मतसहित निर्वाचित भए भने उनको निकटम प्रतिद्वन्द्वी जनार्दन घिमिरेले ५ सय ८२ मत प्राप्त गरे । कर्णाली उपाध्यक्षमा राजेन्द्रबहादुर कार्की ६६९मत सहित विजयी भए भने अर्का उम्मेदवार भानुभक्त खड्काले ५ सय ९९ मत प्राप्त गरे ।

यो समाचार आजको राजधनी दैनिकमा प्रकाशित छ ।