भक्तपुरमा रुख ढल्दा ३ जनाको मृत्यु, १२ जना घाइते « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


भक्तपुरमा रुख ढल्दा ३ जनाको मृत्यु, १२ जना घाइते


2.691k
Shares

भक्तपुर । भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीनजनाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका– १ स्थित इवामुरा अस्पताल नजिकै सल्लाघारीमा सल्लाको रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको हो । सल्लाको रुख ढलेर बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्यापेको हो । रुखले च्याप्दा अन्य १२ जना घाइते भएका भक्तपुर प्रहरीले जनाएको छ ।

सडकमा ढलेको रुखलाई अहिले नेपाली सेनाले हटाउने काम गरिरहेको छ । घाइतेहरूलाई भक्तपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।