३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


260
Shares

काठमाडौं । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–२ मोतीपुरमा सडक छेउमा रोकेर राखेको बा २१ च २९०३ नम्बरको जिपसँग क १ प १५९८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जुम्लाको तातोपानी गाउँपालिका–१ बस्ने २९ वर्षीय लोकेन्द्र जोशीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइते भएका जोशीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका २५ वर्षीय अक्कल कठायतको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।