काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह हुन नसकी अर्थतन्त्रको विस्तार नै ठप्प भइरहेको पछिल्लो तीन महिनामा उद्योगमा भने उत्साहजनक रूपमा लगानी प्रतिबद्धता थपिएको छ ।
उद्योग विभागले वैशाखयताका तीन महिनामा करिब ७७ अर्ब रुपैयाँ लगानी प्रस्तावलाई स्वीकृत गरेको छ ।
प्रस्तावित लगानीमध्ये २० अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक लगानी हो भने करिब ५७ अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानी नै थप भएको छ ।
अघिल्लो आर्थिक वर्ष (२०७७/०७८) को वैशाखदेखि असारसम्म १७ अर्बमात्र लगानी थपिएको थियो। उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी उद्योगको लगानी स्वीकृतिमा उत्साहजनक वृद्धि भएको बताउँछन् ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्