२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


बेनी–जोमसोम सडकमा यात्रीलाई समस्या


0
Shares

सुन्दरकुमार थकाली (इमेज)

मुस्ताङ, साउन ३१ । कालिगन्डकी करिडोरको बेनी–जोमसोम सडकखन्डमा नदी कटान र पहिरोले गत सोमबारदेखि सडक अवरुद्ध हुँदा मुस्ताङ जाने यात्रीहरु समस्यामा परेका छन् ।

लगातारको वर्षा र नदीको उच्च बहावका कारण जोमसोमदेखि बेनीसमम्मको बाटोमा ठाउँठाउँमा पहिरो गएपछि यात्रीहरु समस्यामा परेका हुन् ।

कतिपय ठाउँमा पहिरो गएको र कुनै ठाउँमा सडक नै बगाएका कारण सडक सन्चालनमा समस्या भएको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले सडक सुचारु गर्न पहल गरिरहेको जनाएको छ ।