Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


कम्युनिस्ट पार्टी एकीकरण पहलः ‘नेकपा समाजवादी केन्द्र’ राख्न प्रचण्डको प्रस्ताव


1.8k
Shares

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ राख्न प्रस्तावसमेत गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा. बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणबारे छलफल भएको छ ।

प्रचण्ड सचिवालयका अनुसार ललितपुर हात्तीवन हाउजिङमा छलफल भएको हो । आफ्ना भान्जा गोकुल भण्डारीको अपार्टमेन्टमा भएको छलफलमा प्रचण्डले नयाँ पार्टीको नाम प्रस्ताव गर्दै थप निर्णयका लागि छिट्टै बस्ने सहमति गरेका छन् ।

माओवादी केन्द्र, भट्टराईको जसपा, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबीच पार्टी एकीकरण गरेर नेकपा समाजवादी केन्द्र गठन गर्न प्रचण्डले प्रस्ताव गरेका हुन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।