टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेतामा स्याकार ट्रेडिङ कम्पनी नियुक्त « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेतामा स्याकार ट्रेडिङ कम्पनी नियुक्त


390
Shares

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कटुरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रुपमा नियुक्त गरिएको छ ।

बिहीबार एक कार्यक्रम गरी स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रुपमा नियुक्त गरिएको हो ।

टाटा ग्रीन ब्याट्री टाटा अटोकम्प जिवाई ब्याट्री कम्पनीले उत्पादन गर्छ । यो कम्पनी भारतको अटोमोटिभ र दुई वाट ब्याट्री उत्पादक मध्ये एक हो ।

स्याकार कम्पनीले विगत ५५ वर्षदेखि नेपालमा होण्डाका दुई पाङ्ग्रे, चार पाङ्ग्रे, पावर प्रोडक्टस्को नेपालमा बिक्री–वितरण गर्दै आएको छ । यसले एक सय ५० भन्दा बढी डिलर्सबाट सेवा दिइरहेको छ ।