Logo २३ भाद्र २०८३, मंगलबार | Wed Sep 9 2026


रुसले आक्रमणलाई युक्रेनको अन्य भागमा पनि विस्तार गर्ने


1.1k
Shares

काठमाडौं । रुसले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा केन्द्रित आक्रमणलाई अन्य भागमा पनि विस्तार गर्ने संकेत गरेको छ ।

रुसी विदेशमन्त्री सर्गेइ लाभारोभले डोनबास क्षेत्र लगभग कब्जामा आईसकेको भन्दै अब युद्ध दक्षिण र पश्चिम क्षेत्रमा विस्तार हुने बताएका छन् । अमेरिकाले युक्रेनलाई थप हतियार दिने घोषणा गरेको बेला रुसी टेलिभिजनलाई अन्तर्वार्ता दिंदै लाभारोभले युक्रेनी राष्ट्रपति जेलेन्स्कीको नियन्त्रणमा रहेको भू–भागमा पश्चिमा हतियार थुप्रो लगाएर रुस आफ्नो सीमालाई खतरामा पार्न नचाहने बताएका छन् ।

युक्रेनको खर्सोन र जापोरिज्जिया क्षेत्र रुसको कब्जामा आईसकेपछि भूगोलमा फरक परेको भन्दै उनले पश्चिमाहरूले हालै आपूर्ति गरेका उच्च क्षमताका हतियारलाई निकम्माकाे संज्ञा दिएका छन् । अमेरिकाले पछिल्लो समय हिमार्स नामक क्षेप्यास्त्र युक्रेनलाई उपलब्ध गराएको छ ।

युक्रेनी सेनाले उक्त क्षेप्यास्त्रबाट रुसी कब्जामा रहेका खर्सोन क्षेत्रका पुलहरूलाई निशाना बनएको छ ।