स्पेनमा गर्मीका कारण मृत्यु हुनेको संख्या ५१० पुग्यो « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


स्पेनमा गर्मीका कारण मृत्यु हुनेको संख्या ५१० पुग्यो


10.699k
Shares

एजेन्सी । स्पेनमा प्रचण्ड गर्मीका कारण मृत्यु हुनेको संख्या ५ सय १० पुगेको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गर्मीसंगै चलेको तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन् । उनीहरूमध्ये ३ सय २१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ ।

स्पेनको तापक्रम हाल ४५ डिग्री सेल्सियससम्म पुगेको छ । यही जुलाई १० तारिखदेखि शुरु भएको गर्मीका कारण त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ ।

यही जुलाई १० देखि १६ सम्म मात्रै १५० जनाको ज्यान गएको बताइएको छ । स्पेनको तापक्रम बढ्ने भन्दै त्यहाँको स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई सतर्कता अपनाउन अपिल गरेको छ ।