
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले देशका मुख्य अभियोजनकर्ता र सुरक्षा एजेन्सीका प्रमुखलाई देशद्रोहको आरोपमा बर्खास्त गर्नुभएको छ ।
सुरक्षा एजेन्सी प्रमुख इभान बाकानोभ र मुख्य अभियोजनकर्ता इरिना भेनेडिक्टोभालाई रुससँग सहकार्य गरेको अभियोगमा बर्खास्त गरिएको जनाइएको छ । बर्खास्तीसँगै राष्ट्रपति जेलेन्स्कीले उनीहरूबिरुद्ध ७ सय ११ वटा देशद्रोहका मुद्दा लगाएको बताइएको छ ।
राज्यको राष्ट्रिय सुरक्षाको बिरुद्ध अपराधको आडमा हिडेको भन्दै उहाँले यस्ता अपराध गर्ने जो कोही पनि कानूनको दायरामा ल्याउने चेतावनी समेत दिनुभएकाे छ । उनीहरू बर्खास्त भएसँगै राष्ट्रपति जेलेन्स्कीका विश्वासपात्र ओलेक्सी सिमोनेन्कोलाई नयाँ अभियोजनकर्ता नियुक्त गरिएको छ ।
साथै सुरक्षा प्रमुख भने नियुक्त गर्न बाँकी रहेकाे जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्