१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


अन्तरघात गरेकाे भन्दै एमालेद्वारा गल्याङ नगरका पूर्वमेयरलाई कारबाही


3.068k
Shares

स्याङ्जा । गल्याङ नगरपालिकाका पूर्वमेयर रहेका नेकपा (एमाले) जिल्ला कमिटी सदस्य भुपराज अधिकारीलाई पार्टीले अनुशासनको कारबाही गरेको छ ।

दुईपटक सोधिएको स्पष्टिकरणको जवाफ नदिएपछि शुक्रबार जिल्ला कमिटीले एक विज्ञप्ति जारी गर्दै कारबाही गरेको जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे (पारस)ले जानकारी दिनुभयो ।

अधिकारीलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिएको छ ।

असार १३ गते बसेको पार्टीको जिल्ला कमिटी बैठकले गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा अन्तरघात गरेको ठहर गर्दै स्पष्टीकरण सोध्ने र कारबाही गर्ने निर्णय गरेको थियो ।

असार २० गते तीन दिनभित्र स्पष्टिकरणको लागि पत्राचार गरिएकोमा कुनै जवाफ नआएपछि पुनः असार २८ दुई दिनको सयसीमा दिएर स्पष्टिकरण सोधिएको थियो ।

तर, उक्त पत्रको पनि जवाफ नआएको अध्यक्ष गैरेले बताउनुभयो ।

यता, कारबाहीमा परेका अधिकारी भने आफूले पाटीको विधि, विधानमा रहेर काम कारबाही गरेको र पार्टी अनुशासनभन्दा बाहिर नगएको जिकिर गरेका छन् ।