विक्रमासिंघेद्वारा अन्तरिम राष्ट्रपतिको शपथ, गरे दुई निर्णय « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


विक्रमासिंघेद्वारा अन्तरिम राष्ट्रपतिको शपथ, गरे दुई निर्णय


4.017k
Shares

एजेन्सी । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले अन्तरिम राष्ट्रपतिको शपथ लिनुभएको छ ।

प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष प्रधानमन्त्री विक्रमासिंघेलाई अन्तरिम राष्ट्रपतिका रूपमा शपथग्रहण गराउनुभएको हो ।

अन्तरिम राष्ट्रपतिमा नियुक्त हुनेबित्तिकै उहाँले दुई महत्त्वपूर्ण निर्णय गर्नुभएको छ । उहाँले राष्ट्रपतिको लागि महामहिम शब्दको प्रयोगमा प्रतिबन्ध लगाउनुका साथै राष्ट्रपतिको झण्डालाई निरस्त गर्नुभएको छ ।

राष्ट्रपति गोटाबाय राजापाक्षेले सिंगापुर पुगेर ईमेलमार्फत पदबाट राजीनामा दिएसँगै विक्रमासिंघे श्रीलंकाका लागि अन्तरिम राष्ट्रपति नियु्क्त हुनुभएको थियो ।

शुक्रबार विहान बसेको पार्टीका नेता तथा कार्यसमितिको बैठकले राष्ट्रपति निर्वाचन ऐनबमोजिम जुुलाई १९ मा राष्ट्रपतिको उम्मेदवारी मनोनयन र जुलाई २० मा मतदान गर्ने निर्णय पनि गरेको छ ।