भारत सरकारले दिल्ली र मुम्बईलाई विद्युतीय राजमार्ग बनाउँदै « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


भारत सरकारले दिल्ली र मुम्बईलाई विद्युतीय राजमार्ग बनाउँदै


3.432k
Shares

काठमाडौं । भारत सरकारले राजधानी दिल्ली र वित्तिय राजधानी मुम्बइलाई विद्युतीय राजमार्ग बनाउने भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका दुई प्रमुख शहरलाई विद्युतीय राजमार्गबाट जोड्ने महत्वाकांक्षी प्रस्ताव अघि बढाउनुभएको हो । विद्युतीय राजमार्गमा ट्रली बस, ट्रली ट्रक र विद्युतीय सवारी साधन मात्रै चलाउन पाइने भएकाे छ ।भारतका केन्द्रीय यातायात मन्त्री नितिन गडकरीले साँढे २ खर्बको लगानीमा करिब १४ सय किलोमिटर लामो विद्युतीय राजमार्ग बनाउने योजना पुष्टि गर्नुभएको हाे ।

बढ्दो वातावरणीय क्षतिलाई न्यून गर्न विद्युतीय सवारीमा जानुको विकल्प नरहेको उहाँकाे तर्क छ । भारत सरकारले ठूला सवारी तथा ढुवानीका साधनलाई इथानोल, मेथानोल र हाइड्रोजन उर्जा प्रयोगमा प्रोत्साहन गरिने पनि जनाइएकाे छ ।