 
	    काठमाडौं । श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आगामी मार्च अघि आमनिर्वाचन हुने भएको छ ।
वर्तमान राष्ट्रपति गोताबाया राजपाक्षेले आगामी बुधबार संसद्का सभामुखलाई राजीनामा बुझाई राष्ट्रपतिको आफ्नो कार्यकाल अन्त्य गर्नुहुने र अर्को वर्ष मार्चअघि राष्ट्रपति र संसदीय निर्वाचन गराउने निर्णय गरिएको श्रीलंकाको स्थानीय समाचार संस्था डेली मिररले जनाएको छ ।
गत शनिबार देशव्यापी विरोध भएपछि प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग भएको छलफलमा राजपाक्षेले जुलाई १३ मा राजीनामा दिने घोषणा गर्नुभएको थियो । राष्ट्रपति राजपाक्षेको ठेगाना अझै अज्ञात छ । आइतबार साँझसम्म राजनीतिक दलभित्र भएको छलफलपछि धेरै सांसदहरूले प्रधानमन्त्री रनिल बिक्रमासिंघेलार्ई सरकार नछोड्न, बरु राष्ट्रपति पद सम्हाल्न आग्रह गर्नुभएको थियो ।
राष्ट्रपति निवास कब्जा गरी बसेका प्रदर्शनकारीहरुले भने राष्ट्रपति राजपाक्षेले राजीनामा नदिएसम्म राष्ट्रपतिको निवास नछोड्ने जनाएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्