माओवादी अध्यक्ष दाहाल र गृहमन्त्री खाँणबीच भेटवार्ता « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


माओवादी अध्यक्ष दाहाल र गृहमन्त्री खाँणबीच भेटवार्ता


481
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।

आज (सोमबार) अध्यक्ष दाहालकाे निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेश गरेको नागरिकता विधेयकका विषयमा छलफल भएको बताइएको छ । छलफल सकारात्मक भएको बुझिएको छ ।

उक्त विधेयकमा सहमति जुटाउन गृहमन्त्री खाँणले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहनुभएको छ । आइतबार साँझ उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता गर्नुभएको थियो ।