पोर्चुगलको उत्तरी क्षेत्रमा लागेकाे डढेलो अझै नियन्त्रणमा आउन सकेन « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


पोर्चुगलको उत्तरी क्षेत्रमा लागेकाे डढेलो अझै नियन्त्रणमा आउन सकेन


169
Shares

काठमाडौं । पोर्चुगलको उत्तरी क्षेत्रमा भीषण डढेलो लागेको छ ।

डढेलो नियन्त्रणका लागि ३ हजार अग्निनियन्त्रक र ६० वटा बिमान परिचालन गर्दा पनि डढेलो नियन्त्रणमा आएको छैन् । जंगल वरिपरिका १७ जना बासिन्दाहरू घाइते भएका छन् । पोर्चुगलमा वर्षेनी हुने गरेको डढेलोका कारण हजारौं हेक्टर जमिन नष्ट हुने गरेका छन् । सन् २०१७ मा लागेको डढेलो नियन्त्रण बाहिर जाँदा सय भन्दा बढीको मृत्यु भएको थियो ।

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाको मोजाम्बिक भ्रमण डढेलोका कारण रद्द गरिएको छ । पोर्चुगल सरकारले यही जुलाई ११ अर्थात आज साेमबारदेखि पाँच दिनसम्मका लागि आकस्मिक अवस्था घोषणा गर्दै विपत्ति र आपतकालीन अवस्थाको सामाना गर्न सर्वसाधारणलाई अपील गरेको छ ।

यसैबीच युरोपियन युनियनले जलवायु परिवर्तनका कारण विश्वका कयौं राष्ट्रहरू खडेरी र प्राकृतिक प्रकोपमा पर्ने चेतावनी दिएको छ ।