ट्वीटर किन्ने एलन मस्कको घोषणा रद्द « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Tue Sep 27 2022


ट्वीटर किन्ने एलन मस्कको घोषणा रद्द

मस्कलाई १ अर्ब ब्रेकअप शुल्क र सम्भावित मुद्दा लगाउने तयारी

3.042k
Shares

काठमाडौं । अर्बपति एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल रद्द गर्ने भएका छन् ।

मर्जर सम्झौताको उल्लंघन भएको आरोप लगाउँदै धनाढ्य मस्कले कबोल समाप्त गर्न लागेको बीबीसीले जनाएको छ । विश्वका सबै भन्दा धनाढ्य मस्कले यही अप्रिलमा ट्वीटर किन्ने घोषणा गरेका थिए । तर उनको पछिल्लो घोषणाले लामो समयदेखि चलिरहेको बहसमा नयाँ ट्विस्ट लिएको छ ।

ट्वीटरले स्पाम र नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी नदिएकाले आफूपछि हटेको उनले बताएका छन् । सम्झौता कार्यान्वयन गर्न कानूनी कारबाही गर्ने योजना रहेको ट्वीटरले जनाएको छ । उल्लंघन गरेबापत मस्कले १ अर्ब ब्रेकअप शुल्क र सम्भावित मुद्दाको सामाना गर्नुपर्ने जनाइएकाे छ ।