
एजेन्सी । भारतीय सुपरस्टार सलमान खान आफ्नो चर्चित फिल्म फ्रेन्चाइज दबंग को चौथो भाग ‘दबंग ४’ ल्याउने तयारीमा रहेका छन् ।
सलमानले फिल्मको घोषण गर्दा फिल्मका निर्माता रहेका तिग्मांशु धुलियाले फिल्म निर्देशन गर्ने भएका छन् । भारतीय सञ्चार माधयमका अनुसार फिल्मको कथापनि तिग्मांशु आफैले लेखिरहेका छन् ।
सलमानले फिल्म ‘अन्तिम’ को प्रमोशनको क्रममानै ‘दबंग ४’ मा काम गर्न सुरु गरेको खुलासा गरेका थिए । फिल्मको छायांकन यही वर्षको डिसेम्बरबाट सुरु गरिने सलमानले बताएका छन् । तिग्मांशुलाई यस प्रोजेक्टमा ल्याउने पहल सलमान आफैले गरेका हुन् । सलमानका अनुसार चुलबुल पाण्डेको कथामा रोमाञ्चक र एड्भेन्चर ल्याउन सक्ने यस फिल्म फ्रेन्चाइजीका लागि तिग्मांशु सबैभन्दा आदर्श व्यक्ति हुन् । सलमान तिग्मांशुको कामबाट पनि निकै सन्तुष्ट छन् । तिग्मांशुले फिल्म ‘हासिल’ बाट आफ्नो करियर सुरु गरेका थिए । उनले थुप्रै फिल्महरू निर्देशन गरेका र केही फिल्ममा अभिनय पनि गरेका छन् ।
सलमान हाल ‘कभी ईद कभी दिवाली’ मो सुटिङमा व्यस्त रहेका छन् । उनी टाइगर सिरिजको ‘टाइगर ३’ मा पनि काम गरिरहेका छन् । यससँगै सलमान आमिर खनाको फिल्म ‘लाल सिंह चढ्डा’ र शाहरुख खानको फिल्म ‘पठान’मा पनि अतिथि भूमिकामा देखिनेछन् ।
प्रतिक्रिया दिनुहोस्