सवारी साधनको जाँचपासमा कडाइ गर्नुपर्छ : सांसद राई « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


सवारी साधनको जाँचपासमा कडाइ गर्नुपर्छ : सांसद राई

‘खुद्रा पैसा छैन भन्दै मनलाग्दी भाडा असुल्नेलाई नियन्त्रण गर्नुपर्छ’

286
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले सवारी साधनको जाँचपासमा कडाइ गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले सवारी साधनको जाँचपासमा लापरबाही हुने गरेका कारण सवारी साधनको दुर्घटना बढेको बताउनुभयो ।

उहाँले आर्थिक लेनदेनका आधारमा सवारी साधनको जाँचपास गरिने गरेको र बिग्रिएका सवारी साधन गुडाउँदा दुर्घटना हुने गरेको बताउनुभयो ।

जाँचपास केवल कागजपत्र देखाउनका लागि मात्रै गरिने गरिएकाले यसमा कडाइ गर्नुपर्ने उहाँको भनाइ छ ।

त्यस्तै सार्वजनिक सवारी साधनहरूले यात्रुलाई खुद्रा पैसा नभएको भनि मनलाग्दी भाडा असुल्ने गरेकाले त्यसलाई पनि नियन्त्रण गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले दैनिक उपभोग्य वस्तुमा समेत अत्याधिक मूल्यवृद्धि भइरहेकाले सरकारले पसलहरूमा समेत अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।