Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


वामदेवलाई प्रतिनिधिसभामा लैजाने नेकपा सचिवालय बैठकको निर्णय


0
Shares

काठमाडौं, वैशाख २० । सत्तारुढ दल नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसै बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकार सञ्चालनमा देखिएका कमी–कमजोरीबारे आत्मालोचना गरेका छन् ।

त्यसैगरी, अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाललगायतका सचिवालय सदस्यहरुले पनि आ–आफ्ना कमजोरीबारे आत्मालोचना गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।