Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


नेकपाको सचिवालय बैठक बस्दै, ओलीको राजीनामाका लागि ‘माइन्युट’ गर्न दवाव दिने तयारी


0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज(शनिबार) बस्दैछ ।

पार्टीभित्र देखिएको विवादमा सहमति खोज्नका लागि सचिवालय बैठक बोलाइएको हो ।

गत बुधबारको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग राखेका थिए ।

तर प्रधानमन्त्री केपी ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । 

सचिवालयमा दुई फरक–फरक प्रस्तावसँगै बुधबार स्थगित भएको बैठक आज बस्न लागेको हो ।

दाहाल–नेपाल समूहले आजको बैठकमा प्रधानमन्त्री ओलीमाथि दबाब दिन राजीनामाको मिति ‘माइन्युट’ गर्न दवाव बढाउने तयारी गरेको बताइएको छ ।

सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पार्टीका शीर्ष नेतासँग छलफल गरेका छन् ।

त्यसैगरी दाहाल नेपालले पनि विभिन्न नेतासँग परामर्श गरेका छन् ।

नेकपाभित्र दुवै समूहले संसदीय दलका बहुमत पु¥याउन हस्ताक्षर अभियान समेत चलाएका छन् ।