डेनमार्कको एक शपिङ मलमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु, कयौं घाइते « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


डेनमार्कको एक शपिङ मलमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु, कयौं घाइते


195
Shares

काठमाडौं । डेनमार्कको एक शपिङ मलमा अन्धाधुन्द गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ ।

घटनामा कयौं घाइते भएका हुन् । डेनमार्कको राजधानी कोपनहेगनस्थित फिल्डस् शपिङ मलमा प्रवेश गरेका २२ वर्षीय एक युवकले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्न थालेको छ । गोली प्रहारका क्रममा सर्वसाधारणबीच भागदौड मच्चिंएको र केही लुकेर बसेका कारण बच्न सफल भएको बुझिएको छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

गोली प्रहार गर्ने व्यक्तिको साथबाट प्रहरीले राइफल र केही गोलाबारुद समेत बरामद गरेको छ । गोलाबारीको घटना भइरहदा शपिङ मल बाहिर डेनमार्कका प्रख्यात गायक ह्यारी स्टाइलको कार्यक्रम आयोजना भइरहेको थियो । उक्त कार्यक्रममा १७ हजार मानिस सहभागी थिए । गोलीकाण्ड लगत्तै कार्यक्रम स्थल खाली गराईएको थियो ।