Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


माधव नेपाललाई ‘ओलीको प्रस्ताव अस्वीकार्य’


0
Shares

खिलनाथ ताजपुरिया (इमेज)

काठमाडौं, वैशाख १९ । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधानमै नरहेको तेस्रो मर्यादामा रहनेगरी अध्यक्ष पद अस्वीकार गर्ने भएका छन् ।

पार्टीभित्रै घेराबन्दीमा परेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव नेपालले अस्वीकार गर्ने भएपछि नेकपाभित्रको आन्तरिक द्वन्द्व तत्काल मत्थर नहुने देखिएको छ ।

गत बुधबार बसेको सचिवालय बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आश्चर्यजनकरुपमा वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष र वामदेव गौतमलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेपछि बैठक बिनानिर्णय टुंगिएको थियो ।

सचिवालय बैठक शनिबार बस्दैछ । तर, विवाद जहाँको त्यहीँ रहने देखिएको छ ।

ओलीले पार्टीको विधानमै नभएको तेस्रो अध्यक्ष बन्न गरेको प्रस्ताव नेता नेपालले अस्वीकार गर्ने अडान लिएपछि नेकपाको आन्तरिक द्वन्द्व जहाँको त्यहीँ रहने देखिएको हो ।

लामो समयदेखि पार्टी विधि र पद्धतिमा चल्नुपर्छ भन्ने वकालत गर्दै आएका नेपालले पदसँग आफ्नो मान्यता नसाट्ने नेपालनिकट नेता अष्टलक्ष्मी शाक्य बताउँछिन् ।

नेपाल पक्षले ओलीको प्रस्ताव प्रधानमन्त्री पदमा रहिरहने र पार्टीलाई विधि र पद्धतिसंगतरुपमा नचलाउने चालबाजीका रुपमा लिएको देखिन्छ ।

ओलीबाट पटक–पटक धोका पाएका नेपालले फेरि नजिल्लिने रणनीति लिएपछि ओलीविरोधी खेमा थप संगठित हुने देखिएको छ ।